Logo

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी



Spread the love

नेपालको भीमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ ।

तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 

चिनीयाँ नागरिकले मगाएको सुन
ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनीयाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

सुन लिन भारतीय नागरिक
काठमाडौं भित्र्याएको उक्त सुन लिन भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरुले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

चेक-जाँच भएन
रसुवागढीबाट आउको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक-जाँच राजधानी भित्रिएको थियो । १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहींकतै उक्त गाडी चेक भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्