Logo

मेलिनाको लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक



Spread the love

पछिल्लो समय दर्शकको मन मुटुमा राज गर्न सफल चर्चित गायिका मेलिना राई । उनका गीत एक पछि अर्को गीत सुपरहिट भएका छन् । उनलाई अहिलेसम्म आधुनिक गीतमा मात्र उनको स्वर सुनेका थिएउ तर उनको स्वरमा सजिएको  नयाँ नेपली लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा अञ्जली अधिकारी र आकाश श्रेष्ठ देखिएका छन् । अहिलेको युवा पुस्ताको प्रेम कहानीलाई जोडेर गायक दिपेशले गीतको रूपमा प्रस्तुत गरेका बताएका छन् ।


महेन्द्र भण्डारीको शब्द तथा सङ्गीत रहेको गीतमा गायिका मेलिना र गायक दिपेश पौडेलेको सुमधुर स्वरमा सजिएको छ । वासु बरालद्वारा छायाङ्कन भएको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । गीतलाई ओम श्रेष्ठले नै निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/4X3Rs4jtkf8

प्रतिक्रिया दिनुहोस्