Logo

परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै



Spread the love

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

 

उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण भएको खबर  आजको नागरिकबाट लिइएको हो ।

भ्रमणका बेला मन्त्री महरा र उनका चिनीयाँ समकक्षीबीच वार्ता हुनेछ । वार्तामा नेपाल-चीन सम्बन्धका सबै आयाममा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्