Logo

ठगीधन्दा चलाउने एजेन्ट पक्राउ



Spread the love

९ मंसिर काठमाडाैँ – वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आइतबार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् ।

लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग रु एक लाख २० हजार लिएका थिए । लिम्बूले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि झलकबहादुर र कोष्टराज मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए । शनिबार उडान भनेर आए पनि आफूहरुको श्रम स्वीकृति नभएको र चर्को रकमसमेत मागेको भन्दै उनीहरुले विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बूलाई पक्राउ गरेको हो ।

विभागको टोली अनुगमनमा पुग्दा लिम्बूले निजहरुसँग पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाइसकेका थिए । विभागले न्यौपानेसँग रहेको रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । यसअघि पनि लिम्बूले उनीहरुसँग प्रतिव्यक्ति रु ४०÷४० हजार लिएको अनुसन्धानबाट खुलेको छ । पीडितले आइएमईमार्फत लिम्बूलाई रकम पठाएको प्रमाण विभागलाई बुझाएका छन् । लिम्बूमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । सरकारले एजेन्ट खारेज गरे पनि अझै पनि म्यानपावरले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग एजेन्टमार्फत नै रकम उठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्