Logo

सात वर्षसम्म कुष्ठरोगबाट पिल्सिएका गुल्मीका वृद्धको सञ्चारकर्मीद्वारा उद्धार



Spread the love

९  मंसिर, गुल्मी – विस २०६६ साल माघ ५ गते नेपाललाई कुष्ठरोग रोग निवारण राष्ट्र भनेर घोषण गरियो । घोषणा गरेको आठ वर्ष पुग्न लागि सक्दा पनि सरकारको घोषणा कागजमै सिमित रहेको प्रस्ट बुझन सकिन्छ । सरकारले कुष्ठरोगको उपचार निः शुल्क गर्दै आएको छ । तर पनि सरकारले दिँदै आएको सेवा सुविधा प्रभावकारी नहुँदा नेपालमा दिन प्रति दिन कुष्ठरोगका बिरामीहरू बढदै गएका छन् । समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् । सरकारले निः शुल्क उपचारको व्यवस्था मिलाए पनि रोगीहरू स्वास्थ्य संंस्थामा जान डराउने गरेको पाइएको छ । भने यसको लागि अहिलेसम्म सरकारले कुनै ठोस कदम समेत चाल्न सकेको छैन ।

लुकेर बसेका कुष्ठरोगी सरकारका लागि चुनौती 

कुष्ठरोग सामान्य हो । समयमा औषधि गरे निको हुन्छ भन्ने सन्देशका साथ जनवरी महिनाको अन्तिममा नेपालमा कुष्ठरोग दिवस मनाईन्छ । नेपालका सबै स्वास्थ्य संस्थाबाट निः शुल्क औषधि पाइने भएता पनि सरकारलाई यो रोग नियन्त्रण गर्न विषय चुनौती बन्दै गएको छ । कारण बिरामीहरू लुकेर बस्नु । नेपालका अधिकांश कुष्ठरोगका विरामीहरु डर तथा चेतनाको अभावका कारण उपचार गराउन स्वास्थ्य संस्थामा जाने गर्दैन । जसको एक उदाहरण हुन् गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ मा बस्ने ६१ वर्षीय टेक बहादुर विक । उनलाई आज भन्दा करिब सात वर्ष पहिले कुष्ठरोग लागेको थियो । उनलाई उपचार गराउनुको सट्टा चेतनाको अभावका कारण छुटै छाप्रो बनाएर राखियो । मृत्यु कुरेर बढो संघर्षका साथ दिन बिताईरहेका विकलाई जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले उद्धार गरेका छन् ।

सल्लेरी खबरका प्रदेश सम्बाददाता तथा टेलिभिजनका समाचार प्रमुख डिबि खड्का ,कार्यकारी प्रमुख दीपक नेपाली र सुमन पन्थिको सहयोगमा उनलाई उद्धार गरिएको हो । आइतबार वडा नम्बर दुई स्थित नेटा दर्लिङ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमका बिच विक लाई ५० हजार रकम प्रदान गरिएको छ भने उपचारको लागि काठमाडौँ समेत लगिएको छ ।

पर्दा पछाडिका सहयोगी मनहरू

टेलिभिजनले उत्पादन गर्दै आएको सङ्घर्षको कथाबाट गुल्मी जिल्लासँगै छिमेकी जिल्लाका धेरै पीडित परिवारले राहत पाईरहेका छन् । भने पर्दा पछाडि धेरै व्यक्तिहरुको सहयोग साथ रहेको छ। रोजगारीको अवसरको लागि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीहरूको सहयोग र साथका कारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । त्यस्तै कुष्ठरोगी टेक बहादुर विकलाई पनि धेरै व्यक्तिहरुको सहयोगका कारण मात्र उपचार सम्भव भएको हो । यसरी सहयोग गर्नेमा काठमाडौँ ग्रिन सिटी अस्पतालका प्रमुख लोक बहादुर टण्डन,जुम्लाका युवा व्यवसायी तथा समाजसेवी सुमन खत्री ,समाजसेवी प्रविन श्रेष्ठ ,सोलु सुनार ,कलाकार तिलक बस्नेत लगायत रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्