Logo

‘यस्तो गीत गाउँछु २’मा ‘द भ्वाइस अफ नेपाल २’ का सनिश श्रेष्ठले गाउने पक्का



Spread the love

‘द भ्वाइस अफ नेपाल सिजन २’ मा ‘लै लै’ गीत बाट एकाएक चर्चामा आएका युवा गायक सनिश श्रेष्ठ । एक पछि अर्को एपिसोडमा दमदार प्रस्तुति देखाउँदै आएका छन् भने अहिले अन्तिम चरणमा पुगेको छ । अहिले ४ जना कोचसँग २ प्रतिस्पर्धी बाँकी छन् ।

‘द भ्वाइस अफ नेपाल सिजन २’ करोडौँ दर्शकको मन जित्नसँगै उनलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा सनिशले गीत गाउने पक्का भएको छ ।

अर्जुन पोखरेलको चलचित्र सङ्गीत भरेको गीतमा सनिशले स्वर दिने पक्का भएको छ । ‘आफूलाई चलचित्रमा गीत गाउने अफर आउँदा निकै खुसी भएको युवा गायक श्रेष्ठ बताएका छन्’।

चलचित्रको मुख्य भूमिकामा नायक पल शाह र नायिका पूजा शर्मा देखिने भएका छन् । चलचित्र प्रेमकथामा जनारामा निर्माण भइरहेको छ । चलचित्रको छायाङ्कन आजबाट सकिएको छ भने चलचित्र यही फागुनको २३ गतेबाट देशभर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्