Logo

भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसार गर्ने ५१ मानव तस्करको सुची सार्वजनिक



Spread the love

संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ ।

सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्