Logo

कृषि मन्त्रालयद्वारा गुल्मीका दुई योजनाको अनुगमन



Spread the love

९ मंसिर, गुल्मी – प्रदेश नम्बर पाँचको भूमि व्यवस्था कृषि तथा शहकारी मन्त्रालयले गुल्मी जिल्लाका विभिन्न योजनाको अनुगमन गरेको छ । सोमबार खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख श्रिधर ज्ञवालीको नेतृत्वमा अनुगमन गरिएको हो ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर पाँचमा निमार्णाधिन सय मेट्रिकटन क्षमताको शित भण्डारण र मालिका गाउँपालिका ८ को पशु फर्मको अनुगमन गरिएको छ । धुर्कोट गाउँपालिकामा निमार्णाधिन शित भण्डारणमा प्रदेश सरकारको १ करोड २ लाख १२ हजार ८ सय ८६ रुपैयाँ र धुर्कोट गाउँपालिकाको ३४ लाख ४ हजार २ सय ९५ रुपैयाँ लागत रहेको छ । धुर्कोट गाउँपालिकामा उत्पादित सुन्तला,आलु तथा अन्य तरकारीबाली भण्डारण गर्ने उद्देश्यका साथ शित भण्डारणमा लगानि गरिएको महाशाखाका प्रमुख ज्ञवालीले बताएका छन् । शित भण्डारणको कार्य पुस महिना भित्र सम्पन्न हुने बताइएको छ ।

त्यस्तै यता मालिका गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका कृषि शहकारी संस्थाले सञ्चालन गरेको पशु फर्मको पनि अनुगमन गरिएको छ । उक्त कृषि फर्ममा पनि प्रदेश सरकारको ११ लाख ९० हजार र मालिका कृषि शहकारी संस्थाको करिब छ लाख लागत रहेको छ । मालिका गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पशु फर्म सञ्चालन गरिएको हो ।

अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख श्रिधर ज्ञवालीले भने “दुवै योजनाको अवस्था राम्रो छ र दुवै योजनालाई प्रभावकारी र दिगो बनाउनु पर्नेछ ।”

अनुगमनमा कृषि मन्त्रालयका नवीन गैरे,सुक बहादुर नेपाली तथा पत्रकारको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्