Logo

सागमा सन्दीपको स्थान रोहितले लिने



Spread the love

० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यसै साता देखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता नजनाउने भएका छन् । सोमबार तिलगङ्गा अस्पतालमा दुबै आँखाको शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने उनको ब्यवस्थापन हेदै आएका रमन शिवाकोटीले जानकारी दिए ।

टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर नगरोस भनि सन्दीपले आँखाको शल्यक्रिया गरेका हुन् ।

सन्दीपको स्थानमा यू१९ टोलीको कप्तानी गरिसकेका तथा सिनियर टोलीबाट विश्वकीर्तिमान कायम गरेका रोहितलाई मौका दिएको व्यवस्थापक सुमनराज कार्कीले जानकारी दिएका छन् । रोहित यस अघि सागको अन्तिम घोषणा टोलीमा वैकल्पिक सुचिमा थिए ।

प्रतिक्रिया दिनुहोस्