Logo

जान्नुहोस् जाडोयाममा रातो तरकारी खानुका फाइदै फाइदा



Spread the love

तपाईं जाडो मौसमा रातो तरकारी खाने गर्नुहुन्छ भने तपाईंले आफूलाई स्वस्थ राख्न सफल हुनु हुन्छ । हरिया तरकारीमा हेमोग्लोबिन, भिटामिन र आइरन पर्याप्त मात्रामा पाइन्छ । ती हरिया तरकारीको पौष्टिकता रातो तरकारी बिना अधुरो मानिन्छ ।

प्रायः चिकित्सक र डाइटिसियन हरियो तरकारी जस्तै रातो तरकारी पनि शरीरलाई स्वास्थ राख्नका लागि महत्वपूर्ण मान्छन् । रातो तरकारीमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई रोग लाग्न र थकान हुन दिँदैन ।

राता फलफूल खानुपर्छ
जाडो मौसममा फलफूलको सेवनमा स्याउ र अनारलाई आफ्नो भोजनमा समावेश गर्नु भनेको शरीरलाई तन्दुरुस्त राख्नु बराबर हो । अनारलाई शरीरको लागि अमृत भनिन्छ, किनभने त्यसमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट समावेश हुन्छ ।
एन्टिअक्सिडेन्टको प्रचुर मात्रा
चिकित्सक र विशेषज्ञका अनुसार जुन तरकारीको रंग गाढा हुन्छ, त्यो तरकारीमा मिनरल्स र भिटामिनको मात्रा धेरै भएकाले मुटु सम्बन्धी रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ ।
महिलाहरुका लागि धेरै आवश्यक
गाढा रंगका फलफुल र तरकारी खानाले महिलाहरुललाई रोग लाग्ने खतरा कम हुन्छ र प्रोस्टेट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।
राता तरकारीहरु
जाडो मौसममा राता तरकारीको सेवनको लागि सबैभन्दा उपयुक्त चुकन्दर, गाजर, तथा गोलभेँडा हुन् । फलफूलमा अनार र स्याउ विशेष मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्