Logo

यसरी आफ्नो दाम्पत्य जीवनलाई खुस खुसाल बनाउनुहोस्!



Spread the love

श्रीमान्-श्रीमतीको सम्बन्धमा दुरीले ठुलो प्रभाव पार्छ । किनभने यो सम्बन्ध अरुभन्दा धेरै संवेदनशील र अन्य सम्बन्धभन्दा भिन्दै हुन्छ । हामी भाइ बहिनी, आमबुबासँग सजिलै टाढा रहन सक्छौं । तर, श्रीमान्-श्रीमती केवल भावनात्मक मात्र नभई शारीरिक रुपले पनि एक-अर्कासँग जोडिएका हुन्छन् ।

टाढा हुनाले सम्बन्ध सुमधुर बनाउन केही कठिनाई त हुन्छ नै । तर, आजको फोन, इमेल, इन्टरनेट आदि माध्यमहरुले जोडिएर लामो दुरीको सम्बन्धमा समेत माया बढाउन सकिन्छ ।
यसरी तपाईंहरुको लङ डिस्टेन्स रिलेशनसिपमा पनि प्रेम बनाई राख्नुहोस् ।
सरप्राइज दिनुपर्छ
सरप्राइज हरेक व्यक्तिलाई मनपर्छ । विशेष गरेर त्यस समयमा, जब सरप्राइज दिने व्यक्ति तपाईंबाट कोशौं टाढा छ । चकलेट, फूल, पहिरन, कार्ड अथवा आफ्नो पार्टनरलाई मनपर्ने उपहारहरु पठाएर तपाईंले उसलाई सरप्राइज दिन सक्नुहुन्छ ।
रोचक क्षणहरु सेयर गर्नुपर्छ
तपाईंले आफ्ना त्यस्ता रोचक क्षणहरुलाई फोटो र भिडियोको माध्यमले क्याप्चर गर्ने कोसिस गर्नुपर्छ । जसले तपाईंको पार्टनरको अनुहारमा खुशी ल्याउन सक्छ ।
कुराकानी गरिरहनुपर्छ
मोबाइल, इन्टरनेटको माध्यमबाट एक-अकासँग जोडिरहनु पर्छ । छोटो-छोटो समयको अन्तरालमा नै म्यासेज र फोनद्वारा साथीको हालखबर सोध्नुपर्छ ।
भावनाहरु व्यक्त गर्नुपर्छ
आफ्नो पार्टनर टाढा हुँदा बीच-बीचमा आईलभ यु भन्दै गर्नुपर्छ । यी तीन अक्षरले सम्बन्ध सुमधुर बनाइराख्छ । राति सुत्नु अगाडि एउटा रोमान्टिक म्यासेज पठाउनुपर्छ ।
इमान्दार हुनुपर्छ
इमान्दार हुनु दुरी निभाउने पहिलो नीति हो । यसको अर्थ केवल साथीको लागि मात्र होइन, स्वयंप्रति पनि इमान्दार हुनु हो ।
सँगै छुट्टी लिनुपर्छ
सँगै छुट्टी लिएर घुम्न जानुपर्छ । एक-अर्कालाई पूरा समय दिनुपर्छ ।जन्मदिन, विवाहको वाषिर्कोत्सव जस्ता विशेष क्षणलाई अविष्मरणीय बनाउनका लागि केही विशेष योजना बनाउनुपर्छ ।
सम्बन्धमा रहँदा के गर्नु हुँदैन ?
शंका गर्नुहुदैन
कतै आफ्नो पार्टनर कोही अरुसँग नजिक हुने त होइन । उसले झुठो त बोलेको त छैन, आफूसँग यथार्थता त लुकाएको छैन, जस्ता कुराहरुले एक-अर्कालाई नजिक ल्याउनुभन्दा दुरी बढाउने काम गर्छ ।यदि तपाईं लङ डिस्टेन्समा हुनुहुन्छ भने कुराकानी गरेर एकअर्कासँग जोडिरहन सक्नुहुन्छ ।
पार्टनरलाई रिस देखाउनु हुँदैन
तपाईं टाढा-टाढा हुनुभयो भने पनि त्यसको रिस आफ्नो पार्टनरमाथि उतार्नु हुँदैन ।
जासुस बन्नु हुँदैन
हरेक कुरामा जासुसी गर्नु हुँदैन । पटक-पटक फोन गरेर आफ्ना साथी कहाँ छन् भनेर पत्ता लगाउने कोसिस नगरेकै राम्रो ।
कुरा लुकाउनु हुँदैन
कुनै पनि कुरा आफ्नो पार्टनरसँग लुकाउनाले पार्टनरको मनमा विभिन्न प्रकारका विचारहरु आउन थाल्छन् ।
जिद्दी गर्नु हुँदैन
आफ्नो कुरा मनाउनका लागि जिद्दी गर्नु हुँदैन । यदि तपाईंका पार्टनर ब्यस्त छन् र तपाईंको फोन उठाइरहेका छैनन् भने उनलाई बारम्बार फोन गरिरहनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्