Logo

बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ



Spread the love

१० मंसिर, ललितपुर – बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार थिए । पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्