Logo

च्याम्पियन्स लिग: बायर्नको जितमा लेवान्डस्कीको ४ गोल



Spread the love

११ मंसिर, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युइएएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित हात पारेको छ । बायर्नले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको हो ।

वियोग्राडमा मंगलबार राति भएको खेलमा बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित ४ गोल गरे। त्यस्तै, लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोको नाममा समान १–१ गोल रह्यो।

जितसँगै समूह ‘बी’ मा अपराजित रहेको बायर्नले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नको ५ खेलबाट १५ अंक छ । बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्