Logo

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



Spread the love

११ मंसिर, बेनी । म्याग्दीको बेनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका ६ २३ वर्षीय सन्तोष थजालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

अर्का घाइते २५ वषीय अम्मर पाइजाको पोखरा र २० वर्षीय मोनि पुर्जाको बेनी अस्पतालमा उपचार भइरहेको छ। मंगलबार बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल गलेश्वरबाट बेनी आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जीपमा ठोक्‍किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्