Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
७६५
संक्रमित
१३९,१२९
निको भएका
९६,६०९

काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश



११ मंसिर, बैतडी। विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो ।

उनीहरुलाई  नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गर्नुभएको थियो । चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्