Logo

जान्नुहोस् धक खोलेर नाच्नुका फाइदाहरु



Spread the love

नाच्नु हाम्रो शरीरको प्राकृतिक गुण हो । जब हामी अत्यान्तै खुसी हुन्छौं नि, त्यसबेला पनि हाम्रो शरीरले यस्तै किसिमको हाउभाउ देखाउँछ । वास्तवमा उमंगित भएर गरिने लयत्मक हाउभाउ नै नाच्नु हो ।

नाच्नका लागि साथीसंगी चाहिँदैन । रमझम नै चाहिँदैन । तपाईं एक्लै पनि नाच्न सक्नुहुनेछ । किनकि यो तपाईंले अरुलाई देखाउनका लागि होइन, बरु आफैलाई प्रफुल्लित र तन्दुरुस्त तुल्याउनका लागि हो ।

नियमित रुपमा तपाईं गीत घन्काएर नाच्न थाल्नुभयो भने तपाईंले खुसी मात्र प्राप्त गर्नुहुँदैन, तपाईंको शरीर फिट एन्ड फाइन पनि रहन्छ । यसको लागि तपाईंले नृत्य कक्षामा भर्ना हुन सक्नुहुन्छ वा आफ्नै घरमा आफ्नै तरिकाले बिन्दास नाच्न सक्नुहुन्छ ।
मुटुलाई स्वस्थ राख्छ
मुटुलाई स्वस्थ राख्नको लागि तपाईं नृत्य गर्न सक्नुहुन्छ । यसले मुटु स्वस्थ रहन्छ र श्वासप्रश्वासको समस्या पनि टाढा हुन्छ ।
उर्जावान बनाउँछ
आफ्नो भावनाहरुलाई व्यक्त गर्नको लागि नृत्यको मद्धत लिन फाइदाजनक हुन्छ ।
मस्तिष्कलाई स्वस्थ्य राख्न
नृत्यले तपाईंको शरीरलाई राम्रो मात्रै बनाउँदैन । यसले स्मरण शक्तिलाई पनि प्रभावकारी बनाउन मद्धत गर्छ ।
तनाव कम गर्छ
मानिसलाई तनाव महसुस भएमा वा यसबाट ग्रसित भएका मानिसलाई यस्तो समस्याबाट बाहिर ल्याउनको लागि नृत्यले मद्धत गर्छ ।
शरीर लचिलो बनाउँछ
नृत्य गर्नाले तपाईंको शरीरमा लचिलोपन बढ्छ र दृढता कम हुन्छ । यसको लागि घरमा कैयौं किसिमको फर्ममा नृत्य गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्