Logo

घरमा माउसुली देख्नुभयो भने के गर्ने ?



Spread the love

हेर्दा डरलाग्दो वा घिनलाग्दो लाग्ने माउसुली कसैलाई मनपर्दैन । तर, जुन माउसुलीबाट टाढा भागिरहेका हुन्छौँ, त्यसले हाम्रो भविष्यको संकेत गर्ने बताइन्छ ।

घरमा माउसुली देखिनु एक सामान्य कुरा हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो । शास्त्रको अनुसार माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग जोडिएको हुन्छ ।

शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा भित्रिने छ।

यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस् । छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको बस्तु वा मनोकामना पुरा हुने छ ।

माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्या समाधान हुने धार्मिक मान्यता रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्