Logo

‘बादल नगर्जेको दिन, तिम्रो जन्म दिन हो’



Spread the love

बादल नगर्जेको तिम्रो जन्म दिन !
तर कुनै समयले रोकेन !
उ आमाको स्वर्गीय गर्भबाट
सृष्टिको प्रात युगमा आउन,,
उ आमाको गर्भमा हुँदा
कलिलै परदेश तिर हिँडेका ?

बा ! 
को दुखद खबरमा
सुकिलै टालोमा उम्मेर छिपिएकी आमा,
मेलापात, घाँस, दाउरा गर्दाका हरेक पल
बा को यादमा डुवाउछिन आफ्नो उमेर
र उसलाई काखी च्यापेर
बिर्सिन्छन् स्वार्थको व्याप्त दुनियाँ !

कहिलेकाहीँ,
उसका प्रिय सखीहरूले
जन्मोत्सव मनाईरहदा
उ आमालाई सोध्ने गर्छ
आमा मेरो जन्म दिन कहिले हो?

बादल नगर्जेको दिन,
बाढी नआएको वर्ष,
असिना नवर्षेको महिना,
तिम्रो जन्म दिन हो !

जहाँ,
तिम्रो बाबा ले आफ्नो इजलासमा
मेरो वारिशानामा गरेका थिय,,,
क्षितिज पर अलि टुक्रिएको बादल,
रङ्ग भेद गर्दै उदाएको सुनाैलो बिहान,
त्यो स्वणिम समय नै तिम्रो जन्म दिन हो ।

त्यस काल उप्रान्त
उ हर बिहान जन्म मनाउँछ,
र उसको आमाले जन्मदिनको शुभकामना दिन्छिन्  !

०००

०००

प्रतिक्रिया दिनुहोस्