Logo

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य लाभको कामना गर्नेहरूलाई धन्यवाद ब्यक्त



Spread the love

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीको निजी ट्वीटर ह्यान्डलबाट स्वास्थ्य लाभ गर्नेहरूलाई धन्यवाद दिइएको हो ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन् ।

‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीलाई पेटमा अचानक समस्या आएपछि मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्