Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३८२,४८४
संक्रमित
६,४५२,७०३
निको भएका
३,०६७,६८१
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
२३००
निको भएका
२७८

टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो



१२ मंसिर, सिमिकोट । दुर्घटनामा परेका १३ मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा १३ जना घाइतेमध्ये थप एक जनाको मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्तालका सिनियर अनमि सरिता बोहराले जानकारी दिनुभयो । दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । अन्य उपचारत ११ जनाको अवस्था चिन्ताजनक रहेको बोहराले बताउनुभयो ।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर हाँकेको पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

चालक काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले कब्जामा लिई प्रहरीसमक्ष पेश गरेका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन् । टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्