Logo

बालबालिकालाई डे केयरमा पठाउँदै हुनु हुन्छ भने यस्ता कुरामा ध्यान पुर्‍याऊ



Spread the love

प्राय जसो आजकलका दम्पतीहरु एकल परिवार रमाउने गर्छन् । जसले गर्दा उनीहरु आफ्नो बच्चाको हेरचाहका लागि डे केयरमा आँखा बन्द गरेर पठाउने गर्छन् । उनीहरु सोच्ने गर्छन्, त्यहा आफ्नो बच्चा सुरक्षित रहन्छ ।

जब बच्चालाई घर लिएर आउनु हुन्छ, तब बच्चासंग समय बिताउनुको साटो तपाईं अन्य काममा व्यस्त हुनुहुन्छ । केवल छुट्टकिो दिन मात्र आफ्ना बच्चासंग समय बिताउनु हुन्छ ।

तर आफ्ना बच्चालाई पूर्ण रुपमा डे केयरको भरोसामा छाड्नु राम्रो कुरा होइन । यसो गर्दा तपाईं र बच्चाबीचको सम्बन्ध प्रगाढ हुन पाउँदैन । बच्चा तपाईंसंग आफ्ना कुराहरु शेयर गर्न पाउँदैन, उदास रहन थाल्छ ।
के डे केयरमा बालबालिकाहरु सुरक्षित छन् त ?
हिजोआज डे केयरमा बच्चाहरुलाई राम्रा खान नदिनुको साथै कुटपिट समेत गर्ने गरेको कुराहरु दिन-दिनै सुन्न पाइन्छ । जहाँ बच्चाहरुको शारीरिक र मानसिक शोषण हुने गर्छ । डे केयरमा उसलाई कसरी राखिन्छ, उसलाई त्यहाँ कुनै किसिमको समस्या छ कि भन्ने कुरा बुझ्नु पर्छ ।

अफिसबाट घर आएपछि तपाईं जति थाके पनि आफ्नो बच्चासंग केही समय बिताउनु पर्छ । आज डे केयरमा के-के भयो, के खुवाए, के सिक्यौ, त्यहाँ रमाइलो भयो कि भएन ? भन्ने जस्ता प्रश्नहरु सोध्नु पर्छ ।
डे केयर छनोट गर्दा यस्ता कुरामा ध्यान पुर्‍याऊ
-ओछ्यान सफा छ कि छैन, बच्चाले खेल्ने खेलौना कस्तो प्रकारको छ भन्ने कुराहरुलाई ध्यान दिएर हेर्नु पर्छ ।
-डे केयर सधैं हावा आउने, खुल्ला र उज्यालो हुनु पर्छ ।
-डे केयरमा बच्चाको ध्यान राख्ने व्यक्ति कस्तो छ त्यो पनि ध्यान दिनु पर्छ ।
-त्यहाँ आउने अन्य बच्चाका आमा-बुबासंग कुराकानी गर्नु पर्छ ।
-सस्तो र घर नजिक छ भन्ने कुरालाई ध्यान दिएर आफ्नो बच्चालाई कुनै पनि डे केयर सेन्टरमा राख्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्