Logo

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने



Spread the love

१२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन्।

मंसिर १५ गते साँझ ५ बजे सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए। उद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्