Logo

साबित्रा भण्डारी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित



Spread the love

१२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन् । सरकारले अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै साबित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघमार्फत साबित्रालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्