Logo

चलचित्र ‘साङ्लो’को पहिलो गीत ‘चरीले काफल’ विराज र निकिताको रोमान्स (भिडियोमा)



Spread the love

नायक विराज भट्टले आफै निर्देशन गरेको चलचित्र ‘साङ्लो’ को पहिलो गीत ‘चरीले काफल’बोलको गीत सार्वजनिक भएको छ ।उक्त चलचित्र अहिले दर्शकको प्रतीक्षामा रहेको छ । किनभने विराजसंगै (२०१७) की मिस नेपालले यस फिल्म देखि डेब्यु गरेकी छन् । त्यसैले पनि उक्त चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ ।

चर्चित गायक राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गायक सिवाकोटीले नै शब्द तथा सङ्गीत भरेका छन् । गीतमा नायक विराज भट्ट र नायिका निकिता चण्डकको रोमान्स गरेका छन् ।

उक्त चलचित्र केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो । तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ले रिलिज मिति परिवर्तन गरेर यही माघको २४ गतेबाट देशभरि रिलिज हुँदैछ ।

‘आशा छ हामीले निकै दुख गरेका छौ दर्शकले एकदम रुचाउने छन्- नायक विराजले बताएका छन् । चलचित्रमा नायक विराज र निकिता सँगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

शिवम् अधिकारीको लेखन रहेको चलचित्रलाई श्री श्रेष्ठले एक्सन गरेका छन् । मानकृष्ण महर्जनद्वारा छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जीसीले सम्पादन गरेका छन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ भने चलचित्रको कथा शिवम अधिकारीले तयार पारेका हुन् । विराजले यस चलचित्र बाट निर्देशनमा डेब्यु गरेको हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/XdXm0Jua6No

प्रतिक्रिया दिनुहोस्