Logo

सलमानको ‘दबंग ३’ विवादै विवादमा



Spread the love

पछिल्लो समय बलिउडमा एकपछि अर्को चलचित्र विवादमा मुचिएका छन् । केही हप्ता पहिला अजय देवगनको चलचित्र ‘तानाजी’ को ट्रेलर सार्वजनिक भएको दिन देखि विवादै विवादमा मुचिएको थियो भने अहिले सुपर स्टार सलमान खानको बहुप्रतीक्षित चलचित्र ‘दबंग ३’ विवादमा फसेको छ ।

उक्त चलचित्रको शीर्ष गीत ‘हुड हुड दबंग’ले हिन्दु भावनालाई ठेस पुर्‍याउने प्रयास गरेको भन्दै हिन्दु जन जागृति समितिले निर्माण टिमलाई आरोप लगाएपछि यस चलचित्र विवादमा तानिएको हो । ‘दबंग ३’लाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिन समेत आग्रह गरेको छ ।

उक्त चलचित्रको मुख्य भूमिका सलमान र सोनाक्षी सिन्हा रहेका छन् । एक्सन र कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका छन् ।

विवादमा फसेको गीत :

https://youtu.be/9fuBcEpMZF0

प्रतिक्रिया दिनुहोस्