Logo

हेमन्तको‘आकाशै ज्यानको’ सार्वजनिक (भिडियोमा)



Spread the love

नेपाली पप गीत सुन्ने जो-कोहीको लागि सुपरिचित चर्चित तथा युवा गायक हुन्- हेमन्त कान्छा रसाइली । उनले एकपछि अर्को सुपरहिट गीत बजारमा ल्याएका छन् भने उनको फेरी नयाँ गीत ‘आकाशै ज्यान’ सार्वजनिक भएको छ ।


उक्त गीत माया र प्रेमलाई समेटेर गायक हेमन्तले अहिलेको युवा पुस्तालाई चित्रण गरेका छन् । भिडियोको मुख्य भूमिकामा देबेन्द्र बब्लु, सोनम मगर, विशाल घिमिरेको साथमा गायक हेमन्त आफैले अभिनय गरेका छन् ।

गीतमा सङ्गीत पनि हेमन्त आफैले भरेका छन् भने शब्द डिपी खनालले रहेको छ । संजीव बराइलीले एरेन्ज गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/5I5Cj1Ln8PM

प्रतिक्रिया दिनुहोस्