Logo

पीपीएलमा विराटनगर टाइटन्सको कप्तानी प्रदीप ऐरीले सम्हाल्ने



Spread the love

१३ मंसिर, काठमाडौं । दोस्रो सिजनको पोखरा प्रिमियर लिगमा फ्रेन्चाइज टोली विराटनगर टाइटन्सको कप्तानी ओपनर तथा विकेटकीपर प्रदीप ऐरीले गर्ने भएका छन् । गत वर्ष विराटनगरको कप्तानी लेग स्पिनर सन्दीप लामिछानेले सम्हालेका थिए ।

सन्दीपको कप्तानीमा विराटनग पुछारमा रहेर बाहिरिएको थियो । सन्दीपले बिग ब्यासको कारण पीपीएल नखेल्ने भएपछि विराटनगरले प्रदीपलाई कप्तानको जिम्मेवारी दिएको हो । अन्य पाँच टोलीले भने कप्तान परिवर्तन गरेका छैनन् ।

पोखरा प्रिमियर लिग मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशाला मैदानमा हुने छ । डिसेम्बर १७ देखी ८ फ्रेबुअरी बिग ब्यास लिग सम्म चल्ने छ । सन्दीप मेलबर्न स्टार्सबाट खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्