Logo

युरोपा लिग: आत्मघाती गोलमा म्यानचेस्टर युनाइटेड पराजित



Spread the love

१३ मंसिर, काठमाडौं । युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड काजकस्तानको क्लब एफसी एस्तानासँग पराजित भएको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले पराजित भएको हो ।

एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट पाहुना टोली म्यानचेस्टर युनाइटेडले अग्रता बनायो। ५५औं मिनेटमा दिमित्री सोमकोले बराबरी गोल फर्काए । ६२औं मिनेटमा डि सोन बर्नाडले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले पछि परेको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले स्तब्ध बन्यो । यही समूहको अर्काे खेलमा एजेट अल्कामार र पार्टीजान बेलग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जितसहित ३ अंक जोडेको छ । युनाइटेड १० अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्