Logo

युरोपा लिग: घरेलु मैदानमा आर्सनल पराजित



Spread the love

१३ मंसिर, काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा पराजित भएको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध भएको हो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई पराजित गर्ने क्रममा दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल सान्तवना बन्यो ।

हारसँगै आर्सनल समूह ‘एफ’ मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । फ्रान्कफर्ट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यही समूहको अर्काे खेलमा भिटोरिया डि गुइमारेइस र स्टान्डर्ड लिएजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छन् ।

प्रतिक्रिया दिनुहोस्