Logo

नेपाल ‘ए’ले माल्दिभ्सलाई दियो २ सय १७ रनको विशाल लक्ष्य



Spread the love

१३ मंसिर, काठमाडौं । अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ । शुक्रवार मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय १६ रन बनायो ।

नेपालका लागि ओपनर शरद भेषावकरले ४२ बलको सामना गर्दै ४ चौका र ८ छक्का सहित ८४ रन बनायो । प्रदीप ऐरीले ३६ बलको सामना गर्दै ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए । अमित श्रेष्ठ २५ रनमा अविजित रहे । त्यस्तै, ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए । माल्दिभ्सका लिम सफिकले ३ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्