Logo

सागको मार्च पासमा पारस खड्काले झन्डा बोक्ने



Spread the love

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ ।

राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले विकल्पमा चर्चा गर्दै अन्तमो मार्च पासमा झण्डा बोक्नमा पारस र सपथ लिनेमा आयशाको नाम सिफारिस गरेको हो ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ।

सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्