Logo

रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा



Spread the love

१३ मंसिर, काठमाडौं । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छन् । सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी हुन् ।

विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुगेकी थिइन् ।

जानकी मन्दीरमा पूजापछि राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्यालय पुगेकी छन् ।

त्यसपश्चात उनले रङ्गभूमि मैदानमा सम्बोधन गरि अयोध्याबाट आएका जन्तिलाई स्वागत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्