Logo

माल्दिभ्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ को फराकिलो जित



Spread the love

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघिको अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन मै समेटियो ।

त्यसअघि शुक्रवार मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय १६ रन बनायो ।

नेपालका लागि ओपनर शरद भेषावकरले ४२ बलको सामना गर्दै ४ चौका र ८ छक्का सहित ८४ रन बनायो । प्रदीप ऐरीले ३६ बलको सामना गर्दै ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए । अमित श्रेष्ठ २५ रनमा अविजित रहे । त्यस्तै, ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए । माल्दिभ्सका लिम सफिकले ३ विकेट हात पारे ।

पहिलो अभ्यास खेलमा नेपाल ए ४९ रनले विजयी भएको थियो । अन्तिम तथा तेस्रो अभ्यास खेल शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्