Logo

दैलेखमा माइक्रोबस दुर्घटना हुँदा तीनको मृत्यु, १५ जना घाइते



Spread the love

१३ मंसिर, काठमाडौं । दैलेखमा माइक्रोबस दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएको छ । सुर्खेतबाट दैखेल आउँदै गरेको भे १ ज १०२९ नंम्बरको माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन ।

दुर्घटनामा परि १५ जना घाइते भएका छन् । त्यो मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । उद्धार कार्य जारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्