Logo

चलचित्र ‘सरौतो’,‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ को भिडन्त, कसले मार्ला बाजी ?



Spread the love

नेपाली चलचित्र ‘छ माया छपक्कै’ पछि हलले दर्शक पाएको छैन् । उक्त चलचित्र भन्दा पछि धेरै चलचित्र हलमा प्रदर्शन भएका छन् तर कुनैले पानी भन्न पाएन । केही समय यता हलमा चलचित्र लागे पनि दर्शक भने छैन । आज शुक्रबारदेखि ३ नेपाली चलचित्र हलमा लागेका छन् । चलचित्र ‘सरौतो’ र , ‘लभ यु हमेशा’ ‘मखमली मखमली’ तिन चलचित्र प्रदर्शन भएका छन् ।

हरि हुमागाँइले निर्देशन गरेको चलचित्र ‘सरौतो’ एक्सन जनारामा निर्माण गरिएको छ चलचित्र हो । चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा लगायतका कलाकारको अभिनय छ ।

भाष्कर प्रधानले निर्देशन गरेको ‘लभ यु हमेशा’ प्रेमकथामा जनारामा निर्माण गरिएको छ । उक्त चलचित्रमा नायक यशराज गरचसँग ऋचा र फिजा दुई नयाँ अनुहार देखिएका छन् ।

 

आजैबाट चलचित्र ‘मखमली मखमली’ पनि हलमा लागेको छ । उक्त चलचित्र राजु गिरीले निर्देशनमा गरेका छन् । चलचित्रको मुख्य भूमिकामा नायक जयकिशन बस्नेत, नायिका शुभेच्छाको साथमा थापा सविन बास्तोला, शारदा गिरी कालीबुढी, सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरूको समेत अभिनय रहेको छ ।

के यी तिन चलचित्रले दर्शक तान्न सक्छन् त । तिन चलचित्र एकै साथ प्रदर्शन भएका छन् । अब कसले मार्ला बाजी हेर्न बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्