Logo

तेह्रौँ साग भलिबल : सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने



Spread the love

१३ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ ।

आज भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३–० ले पराजित भयो । पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ । भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ अङ्कले हराएको हो । बङ्गलादेश लगातार दुई खेलमा पराजित भएको छ । बङ्गलादेश यसअघि बुधबार नेपालसँग ३–० ले हारेको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल दोस्रो खेलमा बिहीबार भारतसँग २५–२६, १२–२५ र १६–२५ अङ्कले हारेको थियो ।

यसैबीच आज भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको छ । उक्त खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले हराएको हो । समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्