Logo

गोल्डेन ब्वाई २०१९ को उपाधि फेलिक्सलाई



Spread the love

१४ मंसिर, काठमाडौं । सन् २०१९ को गोल्डेन ब्वाई उपाधि पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले जितेका छन् । विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका खेलाडीलाई यो उपाधि प्रदान गरिंदै आएको छ ।

इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले प्रदान गर्दै आएको यस अवार्ड जित्ने फेलिक्स एटलेटिको म्याड्रिडका दोस्रा खेलाडी बनेका छन् । यसअघि सन् २००७ मा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पनि यो उपलब्धि हात पारेका थिए । फेलिक्सले यस उपाधि जित्ने क्रममा दोस्रो स्थानमा रहेका जेडन सान्चोलाई झन्डै दोब्बर मतअन्तरले पराजित गरे ।

यसै सिजनमात्र फेलिक्स पोर्चुगिज क्लब बेन्फिकाबाट एटलेटिको आएका हुन् । म्याड्रिड क्लबले अनुबन्धन गर्न १ सय २६ मिलियन युरो खर्चेपछि उनी विश्व फुटबलका चौथो महँगा खेलाडी पनि बन्न सफल ब्येका थिए ।

प्रतिक्रिया दिनुहोस्