Logo

साग: महिला भलिबलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दै



Spread the love

१४ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः०० बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलको पहिलो खेलमा भारत र माल्दिभ्स आमने सामने हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल नयाँ इतिहास रच्ने दाउमा रहेको छ । आजको खेलमा जित निकाल्न सके महिला टोली साग इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ । यदि नेपालले श्रीलंकालाई हराए कम्तिमा रजत पदक पक्का हुनेछ ।

प्रतिक्रिया दिनुहोस्