Logo

पर्यटन वर्षलाई लक्षित गर्दै मेला शुरु



Spread the love

१४ मंसिर, भक्तपुर – पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा शुरु भएको हो ।

ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने र रु १० करोडको व्यापार गर्ने लक्ष्य राखिएको छ । मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष सगम् लामाले बताए । सामानहरुमा १५ प्रतिशतसम्म छुट दिएको उनले बताए । मेलामा विभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्