Logo

समातियो ८८ किलो सुन (फोटो फिचरसहित)



Spread the love

भदौ २० , २०७४ ,काठमाडौँ । सुनसहित गाडी चालक पक्राउ परेपनि सुनको मालिक भेटिएको छैन ।प्रहरीले सुन तस्करीको मुख्य नाइके चिनियाँ नागरिक भएको बताएको छ ।

 

क्षेत्रपाटीमा रोकिराखेको बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

सुनसहितको गाडी आउँदैछ भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै थियो । त्यसकै आधारमा प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

गाडीमा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको भेटिएको छ । तस्करीमा चिनियाँ नागरिकको संलग्नता पनि खुलेको छ ।

सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारी मकवानपुरका हुन् ।उनले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको ३५ किलो सुन ल्याउने समूहसँग अहिलेको तस्करीको ‘कनेक्सन’ खोतल्ने प्रयास प्रहरीले थालेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्