Logo

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’



Spread the love

१५ मंसिर, काठमाडाैँ – अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ ।

परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहितको जानकारी भारत र अमेरिका पुगेर एमसीएले उनीहरुलाई जानकारी गराएको हो ।

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन डलरको अनुदान सहयोगमा निर्माण हुन लागेको छ ।

नेपालसहित चीन, कोरिया लगायतका देशका निर्माण व्यवसायी (बिडर्स)हरुलाई नेपालमा कार्यक्रम आयोजना गरी जानकारी गराएको एससीए नेपालले शुक्रबार भारत र आसपासका मुलुकका निर्माण व्यवसायीलाई बोलाएर जानकारी गराएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्