Logo

इटालियन सिरी ‘ए’ मा युभेन्टस बराबरीमा रोकियो, इन्टर शीर्षस्थानमा



Spread the love

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग २–२ गोलको बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो ।

खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । युभेन्ट्सका लागि लियोनार्दो बोनुचीले पहिलो गोल गरे । ससौलोका जेरीमी बोगाले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपछि ससौलो अगाडी बढ्यो । त्यसपछि ६८औं मिनेटमा । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरमिा ल्याएका थिए ।

अर्को खेलमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।

यस नतिजासँगै इन्टर मिलानले १४ खेलमा १२ जित, १ बराबरी र १ हारसहित ३७ अंक जोडेको छ । यता अपराजित युभेन्ट्स भने १४ खेलमा ११ जित र ३ बराबरीसहित ३६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्