Logo

धर्मगुरू सिद्धबाबालाई चार दिन थुनामा राख्न जिल्ला अदालतले दियो अनुमति



Spread the love

१६ मंसिर, काठमाडौं । चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सोमबार गिरीलाई सुनसरी जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा उनलाई सोमबार बिहान चार बजे पक्राउ गरिएको थियो। सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धानको लागि म्याद थप गर्न अदालत पेस गरेको थियो।

अदालतबाट पक्राउ पूर्जि लिएपछि विरामी भएको बाहानामा उनी अस्पताल भर्ना भएका थिए। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। महिलाको उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्