Logo

उपनिर्वाचनन २०७६ को अन्तिम परिणाम: नेकपा पहिलो स्थानमा



Spread the love

१६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम अनुसार प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको हो ।

तीन प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ । सोमबार निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम परिणाम अनुसार नेकपा सबैभन्दा बढी ३० स्थानमा जित हात पारेको छ ।

नेपाली काँग्रेसले १३ स्थान जित हात पारेको छ । काँग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्