Logo

तेक्वान्दोको पुम्सेमा आयशा शाक्यलाई स्वर्ण पदक



Spread the love

१६ मंसिर, काठमाडौं । नेपालले तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् ।

उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक हात पारेकी थिइन् । कीर्तिमानी तेक्वान्दो दीपक विष्ट आयशाका श्रीमान् हुन् । यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ ।

यसअघि नेपालका लागि पुम्सेमा पार्वती गुरुङ, कमल श्रेष्ठ, सिना मादेन लिम्बुले स्वर्ण पदक जितेका थिए । त्यस्तै कृष्णबहादुर तामाङले रजत पदक हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्