Logo

सागमा नेपालको स्वर्ण संख्या ९ पुग्यो



Spread the love

१६ मंसिर, काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले अहिलेसम्म ९ वटा स्वर्ण पदक हात पारेको छ। नेपालले हालसम्म करातेबाट ४ वटा, तेक्वान्दोबाट ४ वटा तथा ट्रायथोलनमा एउटा स्वर्ण जितेको हो।

तेक्वान्दोको पुम्सेमा नेपालकी सिना मादेन लिम्बुले स्वर्ण पदक जित्दै स्वर्ण संख्या ५ पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको प्रतिस्पर्धामा सफलता हात पारेकी छन् । त्यस्तै, तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण दिलाए । ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्।

यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका छन्। करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो।

तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती गुरुङले स्वर्ण जितेकी हुन्। त्यस्तै, तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण जितेकी हुन्।

प्रतिक्रिया दिनुहोस्