Logo

‘मंगलम’को फस्ट लुक पोस्टर सार्वजनिक



Spread the love

असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको  फिल्म ‘मंगलम’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । छबिराज प्रोडक्सनको ब्यानर तथा गुन सिनेमा प्राईभेट लिमिटेडले प्रस्तुत गरेको चलचित्र ‘मङ्गलम’ पोस्टरमा अभिनेत्री साम्रगी राज्यलक्ष्मी शाहले शिल्पा पोखरेल, पुष्पल खड्का र पृथ्वीराजको तस्बिरलाई बोकेको देखाईएको छ।

चलचित्रमा दिपक शर्माको संगीत र गोबिन्द फुयाँलको कथा रहेको छ भने  दिपेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। त्यस्तै चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने मित्र देब गुरुङले सम्पादन गरेका छन । चलचित्रमा अभिनेत्री शिल्पा पोखरेल,अभिनेता पुष्पल खड्का र पृथ्वीराज प्रसाईको मुख्य भूमिका रहेको छ। चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथी भुमिकामा देखिदैछिन् ।नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्