Logo

चलचित्र ‘तिमीसँगै हुने मन छ’मा पल र दीपिकाको रोमान्स



Spread the love

पछिल्लो समय नेपाली चलचित्र तथा म्युजिक भिडियो हेर्ने जो-कोहीका सु-परिचित नायक हुन्- पल शाह । उनका एक पछि अर्को चलचित्र सुपरहिट भएका छन् । अहिले नायक पल चलचित्र ‘हृदयभरी’ र ‘म यस्तो गीत गाउँछु २’को छायांकनमा व्यस्त रहेका छन् ।

उनलाई एक पछि अर्को चलचित्रमा अफर आएका छन् भने निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा फाइनल भएका छन् ।

उक्त चलचित्रमा नायिका दीपिका प्रसाँईलाई पहिले नै फाइनल थिइन् । अब, भने चलचित्रमा दुई कलाकारको प्रवेश भएको छ । नायक पल शाह र मोडल निराजन प्रधानले कम गर्ने पक्का भएको छ । चलचित्रको छायांकन यहि फागुणबाट सुरु हुने निर्माण टिमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्