Logo

चलचित्र ‘पर्खी बसे फर्की आउनेछु’ छायाङ्कन सुरु



Spread the love

राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पर्खी बसे फर्की आउनेछु’को आज शुभ मुहूर्त गरिएको छ । चलचित्रको छायांकन दाङको तुलसीपुरमबाट सुरु गरिएको छ।

चलचित्रको मुख्य भूमिकामा प्रेम परियार,समीक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दीपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगायतका कलाकार रहेका छन् ।

चलचित्र एक अपाङ्ग केटीको टिन एजमा उमेर र जीवन सङ्घर्षको कथामा आधारित हुने निर्देशक राज बहादुर साने बताएका छन् । उक्त अपाङ्ग केटीको भूमिका समीक्षा निभाउने छन् ।

चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । यस चलचित्रमा वसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको सङ्गीत रहनेछ । अरुण सुनारले छायाङ्कन गर्न लागेको चलचित्रलाई सानु कुमार महर्जनको द्वन्द्व गर्ने भएका छन् ।

रोशन कुमार थापा प्रस्तुत कर्ता रहेको चलचित्रलाई खेम राज बिक कार्यकारी निर्माता रहेका छन् भने यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्