Logo

‘उपनिर्वाचन निस्पक्षरुपमा सम्पन्न’



Spread the love

१६ मंसिर, काठमाडाैँ – विभिन्न राजनीतिक दलका नेताहरुले हालै सम्पन्न उपनिर्वाचनमा असन्तुष्टि व्यक्त गर्ने ठाउँ नभएको बताएका  छन् । आज आयोजित साक्षात्कारमा उनिहरुले निर्वाधरुपमा जनताले आफ्नो अभिमत दिन सकेको र यसले सङ्घीयता कार्यान्वयनमा बल पुगेको उल्लेख गरे ।

नेकपाका नेता आनन्द पोखरेलले हालैको उपनिर्वाचन बिनाधाँधली सम्पन्न भएकाले निर्वाचनमा सबै दलसहित सर्वसाधारणले निर्धक्कसँग भाग लिन पाएको बताए । उनले निर्वाचनमा आफनो पार्टीले ७५ प्रतिशत जितेको बताउँदै निर्वाचन परिणामबाट नेकपा खुशी भएको प्रतिक्रिया दिए ।

नेपाली काँग्रेसका नेता एनपी साउदले यस उपनिर्वाचनमा आफ्नो पार्टीले वामपन्थीहरुको राम्रो प्रभाव रहेको धरान र भक्तपुरमा जितेको बताउँदै उपनिर्वाचनबाट समग्रमा सरकारको जनमत भने घटेको टिप्पणी गरे । राजपाका महासचिव चन्दा चौधरीले तराईका केही क्षेत्रमा राजपालाई हराउन नेकपा र नेपाली काँग्रेस गठबन्धन गरेको भएपनि आफूहरुले सफलता पाएको बताए ।

राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाको सहयोग र समर्थनबाट भक्तपुरमा काँग्रेसलाई विजयी बनाएकामा सन्तुष्टि व्यक्त गर्दै अबका निर्वाचनमा काँग्रेसले राप्रपालाई सहयोग गर्नुपर्ने बताए । आफूहरुले हालै सञ्चालन गरेको जनकपुर–लुम्बिनी धार्मिक यात्रा सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्